न्युजिल्याण्डमा भूकम्प, हजारौं विस्थापित


न्युजिल्याण्डमा आइतबार बिहान ५.९ म्याग्निच्युडको भूकम्प गएकाे छ । देशको उत्तरी क्षेत्रमा आएको भूकम्पपछि हजारौं व्यक्ति विस्थापित भएका छन् ।



स्थानीय अधिकारीहरूले दिएको जानकारीअनुसार भूकम्पपछि आइतबार मध्याह्नसम्ममा ५ हजारभन्दा बढी विस्थापित भएका थिए । भूकम्पका कारण कति जनाको मृत्यु भयो र अन्य के कति क्षति भयो भन्ने विवरण प्राप्त भइनसकेको अधिकारीहरूले जनाएका छन् ।

स्थानीय समयानुसार आइतबार बिहान ५.३४ बजेतिर भूकम्प आएको हो । भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी गरेको बताइएको छ ।




सुरुमा ५.३ म्याग्निच्युड र त्यसपछि सबैभन्दा ठूलो ५.९ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीहरूले बताएका छन् । सो भूकम्प केन्द्रविन्दु समुद्रको १ सय १५ किलोमिटर तल रहेको जनाइएको छ ।



सम्बन्धित
Loading...