अप्रेसनपछि प्रधानमन्त्रीको स्वास्थ्य स्थिर


प्रधानमन्त्री केपी शर्मा ओलीले एपेडिक्सको अप्रेसन गरिएको छ । पेट दुख्ने समस्या बढेपछि प्रधानमन्त्री ओली मंगलबार विहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका थिए ।



चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस भएको पत्ता लागेपछि अपरेशन गरिएको हो ।

अहिले सघन उपचार कक्ष (इन्टेन्सिभ केयर युनिट) मा रहेका प्रधानमन्त्री चिकित्सकहरुको निरन्तर निगरानीमा रहेको र उनको अवस्था स्थिर रहेको अस्पतालका कार्यकारी निर्देशन प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले बताए ।






सम्बन्धित
Loading...