नवलपरासीकाे भूमहीबाट लागुऔषध सहित दुई जना पक्राउ


  • संजय तिवारी 


सुनवल । पश्चिम नवलपरासीकाे भूमहीबाट प्रहरीले लागु औषध सहित २ जनालाई पक्राउ गरेकाे छ ।




सुनवल १२ भुमहीमा ग १ च ७८२५ नम्बरकाे टाटा सफारी जिपमा चेक जाँचकाे क्रममा लागू औषध सहित २ जनालाई नियन्त्रणमा लिएकाे ईलाका प्रहरी कार्यालय सुनवलले जनाएकाे छ ।

पक्राउ पर्नेमा तनहूँ जिल्लाकाे भानु नगरपालिका १ का १९ बर्षीय गाेपाल परियार र बन्दीपुर गाउँपालिका ४ का २० बर्षीय संगम थापा रहेका छन् ।

उनीहरूकाे साथबाट प्रहरीले डाईजापाम, नाेफिन र प्राेमिठाजाईम १२४/१२४ एम्पुल बरामद गरेकाे छ ।



सम्बन्धित
Loading...