प्रधानमन्त्रीको मुटुको चाल सामान्य, भेन्टिलेटर हटाइयो


प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सामान्य सुधार देखिएको छ ।



मंगलबार एपेन्डिसाइटिसको अपरेशन गरिएपछि भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा बुधबार सामान्य सुधार देखिएको छ भने भेन्टिलेटर समेत हटाइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्वास्थ्यमा सुधार भइरहेको र अपरेशनका क्रममा बेहोस बनाउन एनेस्थेसिया दिदा राखिएको भेन्टिलेटर समेत हटाइएको जानकारी दिएका छन् ।




मंगलबार पेट दुखेपछि अस्पताल गएका ओलीलाई एपेन्डिसाइटिस भएको पत्ता लागेपछि शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्रीलाई बोल्न र अरुसँग भेट गर्न दिइएको छैन ।



सम्बन्धित
Loading...