भरतपुरमा कृषिमा चार करोड बढी अनुदान


भरतपुर । कृषि प्रवद्र्धन तथा यान्त्रीकरणका लागि चार करोड बढी अनुदान वितरण गरिने भएको छ । भरतपुर महानगरपालिकाले नेपाल सरकारको ससर्त अनुदानसहित समूह, सहकारी र निजी फर्महरुलाई चार करोड २० लाख ५० हजार अनुदान वितरण गर्न लागेको हो ।



‘भरतपुर महानगरको आफ्नै बजेटबाट दुई करोड ४७ लाख ५० हजार र नेपाल सरकारबाट एक करोड ७३ लाख रूपैयाँ अनुदान वितरण गर्दैछौँ’, वरिष्ठ कृषि विकास अधिकृत काशीराज हमालले भने, ‘महानगरका समूह, सहकारी तथा निजी फर्महरुलाई ३० दिनभित्र सम्पूर्ण कागजातसहित आवेदन दिन सूचना जारी गरिसकेका छौँ ।’




भरतपुर महानगर कृषि शाखाका अनुसार कृषि यान्त्रीकरण र कृषि बजार प्रवद्र्धनका लागि ८५ प्रतिशतसम्म अनुदान रहेको छ । शाखाका अनुसार कम्ब्राइन्ड हार्भेस्टर (धान, गहुँ काट्नेदेखि थन्क्याउनेसम्म) मेसिनमा ५० प्रतिशत अनुदान रहेको छ ।



सम्बन्धित
Loading...