बैंकिङ क्षेत्रमा अर्काे फ्रडः नक्कली चेकमा नक्कली हस्तारक्षर


नक्कली चेकमा नक्कली हस्ताक्षर गरेर ठूलो परिमाणमा रकम निकाल्ने गरिएको तथ्य खुलेको छ । बैंकको नक्कली एटिएम कार्ड बनाएर पैसा निकाल्ने र कर्मचारीको मिलेमतोमा एउटाको खाताको पैसा अर्काे खातामा सार्ने जस्ता बद्मासी भइरहेको समयमा नक्कली हस्ताक्षरबाट नगदै निकाल्ने गरिएको तथ्य फेला परेको हो ।



नक्कली चेक बनाइ खातावालाको नक्कली हस्ताक्षर गरेर नगद निकाल्ने एक समुहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरले यस्तो कार्यमा संलग्न ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिले २० लाख रुपैयाँ जति निकालेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरी स्रोतले वतायो । पक्राउ परेका व्यक्तिबाट १८ लाख रुपैयाँभन्दा बढी बरामद गरिएको छ ।




‘चेक बुक पनि नक्कली बनाउने गरिएको रहेछ, त्यस्तो नक्कली चेकमा नक्कली हस्ताक्षर गरेर विभिन्न व्यक्तिको बैंकखाताबाट रकम झिक्ने गिरोहलाई हामीले पक्राउ गरेका छौं,’ प्रहरीले  वताए  ।



सम्बन्धित
Loading...