देवः विकास बैङ्क लिमिटेडको कावासोतीमा शाखा विस्तार
- शोभा जि सि

देवःविकास बैङ्क लिमिटेडले कावासोतीमा आफ्नो शाखाको विस्तार गरेको छ । कावासोती शाखाको संचालक सुदन रन्त बज्राचार्याले बुधबार उद्घाटन गरेर शाखाको शुरूवात गरेका हुन् ।
नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराम पोख्रेल लगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा स्वागत मन्तव्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठ राखेका थिए, भने उक्त कार्याक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थित रहेको थियो ।