अर्घाखाँची बस दुर्घटना : मृतकको संख्या १९ पुग्यो, ११ जनाको सनाखत




अर्घाखाँचीको नरपानीमा बुधबार साझ भएको बस दुर्घटनामा परि एकै घरका दुई जनासहित मृत्यु हुनेको संख्या १९ पुगेको छ।

दुर्घटनामा परि १७ जनाको घटनास्थलमै मृत्यु भएको हो भने १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा र १ जनाको चौराहा अस्पताल प्राली बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो।




दुर्घटनामा परि १८ जना घाइते भएका छन्।  सन्धिखर्कबाट बुटवल तर्फ आउदै गरेको लु २ ख २१४८ नम्बरको बस सडकबाट करिव ३ सय मिटर तल भिरबाट खसेर दुर्घटना भएको हो।  मृतक ११ जनाको सनाखत भएको छ।

मृत्यु हुनेहरुमा:

१) जिल्ला अर्घाखाँची स.न.पा. ७ डिहिडाडा बस्ने अं.वर्ष ५६ को शिवलाल भट्टराई ।

२) जिल्ला अर्घाखाँची स.न.पा. ७ डिहिडाडा बस्ने अं.वर्ष २२ कि माया पुरी ।

३) नाम नखुलेको ५/६ महिनाको बालक ।

४) जिल्ला अर्घाखाँची स.न.पा. ७ डिहिडाडा बस्ने अं.वर्ष ५४ को बलराम भट्टराई ।

५) जिल्ला कपिलवस्तु चपरगाउँ बस्ने वर्ष २७ कि सिता बस्नेत ।

६) जिल्ला अर्घाखाँची भु.न.पा. ९ बस्ने ठुलोडेवा बस्ने वर्ष २७ को शैलेस थापा ।( प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको )

७) जिल्ला अर्घाखाँची स.न.पा. १० बस्ने छवीलाल गैरे ।

८) जिल्ला कपिलवस्तु बस्ने अं.३५/३६ वर्ष बसन्त भन्ने ओम बहादुर थापा (चालक)

९) जिल्ला अर्घाखाँची सितगंगा न.पा. वडा नं.२ बस्ने अं. वर्ष ३८ को सन्त बहादुर बस्नेत (सन्तोष ब.बस्नेत) । (सवारी धनी ) (चौराहा हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको )

१०) जिल्ला अर्घाखाँची स.न.पा. ७ वस्ने वर्ष अं.८/९ कि मोनिका खड्का ।

११) जिल्ला गुल्मी धुर्कोट गा.पा.२ बस्ने सशस्त्र प्रहरी जवान राज कुमार महत । (स.प्र.बल २७ नं. गण रुपन्देहीमा कार्यरत )

(मृत्यु हुनेहरुमा अन्य ८ जनाको सनाखत हुन बाँकी, शव जिल्ला अस्पताल सन्धिखर्कमा रहेको )

घाईते हुने हरुमा

चौराहा हस्पिटल बुटवलमा उपचारार्थ घाईतेहरू :

१) जिल्ला अर्घाखाँची स.न.पा.५ वाङला बस्ने वर्ष ४२ को विष्णु बहादुर अधिकारी- अनुहार र ढाडमा चोट, अवस्था सामान्य ।

२) जिल्ला अर्घाखाँची स.न.पा. बस्ने वर्ष ६०/६५ को नन्द बहादुर बि.क.- अनुहार र टाउकोमा चोट, अवस्था – मध्यम ।

३) जिल्ला अर्घाखाँची स.न.पा. ६ बस्ने वर्ष ३ को रिजन कुँवर, खुट्टा र टाउकोमा चोट, अवस्था – मध्यम ।

४) जिल्ला अर्घाखाँची सितगंगा नगरपालिका वडा नं.६ खाँचीकोट बस्ने वर्ष १ को गणेश पुरी, टाउकोमा चोट, अवस्था- मध्यम ।

५) जिल्ला अर्घाखाँची स.न.पा. ६ बस्ने वर्ष २३ कि सपना कुँवर, गर्धन र टाउकोमा चोट, अवस्था- मध्यम ।

६) नाम थर वतन नखुलेकि अं.वर्ष २४/२५ कि टाउकोमा चोट, अवस्था – सिरियस ।

भैरहवा मेडिकल कलेजमा उपचारार्थ घाईतेहरु:-

१) जिल्ला अर्घाखाँची पाणिनी गाउँपालिका वडा नं.७ बस्ने वर्ष ४१ को कृष्ण बि.क., चिउडो र ढाडमा चोट- अवस्था – सिरियस ।

२) जिल्ला अर्घाखाँची पाणिनी गाउँपालिका वडा नं.७ बस्ने वर्ष ३५ को विष्णु बि.क., दाहिने खुट्टा भाचिएको, दाहिने गालामा चोट, अवस्था – सिरियस ।

३) जिल्ला अर्घाखाँची भु.न.पा.९ डेवा बस्ने वर्ष २५ को जिवन बि.क., अवस्था- समान्य ।

४) जिल्ला अर्घाखाँची स.न.पा. ५ वाङला बस्ने वर्ष ३७ को हुम बहादुर अधिकारी, ढाडमा र वाया गालामा चोट, अवस्था- मध्ययम ।

५) जिल्ला अर्घाखाँची स.न.पा.८ बस्ने वर्ष ३२ को कमल मुखिया , अवस्था- सिरियस ।

६) जिल्ला अ.खा. सन्धिखर्क न.पा – ४ वस्ने वर्ष २३ को सरस्वती भट्टराई दाया खुट्टा फ्याक्चर, टाउकोमा चोट, अवस्था-मध्यम ।

७) जिल्ला अ.खा. सन्धिखर्क न.पा – ४ वस्ने वर्ष १५ को अंकीत थापा, टाउकोमा चोट, अवस्था- मध्यम ।

८) जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका बस्ने वर्ष ३ वर्षको स्पर्ष पोखरेल – टाउकोमा चोट, अवस्था- मध्यम ।

९) जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका बस्ने वर्ष २४ कि विमला पोखरेल, ढाड र कानमा चोट, अवस्था – मध्यम ।

बि.एण्ड.वि.हस्पिटल काठमाण्डौ

१) जिल्ला दाङ राप्ति गा.पा.९ बस्ने बर्ष ३३ को प्रशान्त सुबेदी, टाउकोमा चोट, अबस्था- सिरियस, लुम्बिनी सि.टी.हस्पिटल रुपन्देहीबाट बि.एण्ड बि.हस्पिटल काठमाण्डौ रिफर गरेकोले लु२च ६७४ नम्बरको एम्बुलेसमा काठमाण्डौ पठाईएको ।

अन्य घाईते

१. जिल्ला अर्घाखाँची स.न.पा. १ बस्ने वर्ष ३ कि एन्जल भट्टराई- टाउकोमा चोट, अवस्था- मध्यम, निजको मामा घरको हजुरबुवा जिल्ला अर्घाखाँची स.न.पा.२ चुत्रावेशी बस्ने वर्ष ४७ को बाबुराम पौडेलले बुझि लगेको ।

२. जिल्ला अर्घाखाँची छत्रदेव गाउँपालिका वडा नं. ७ बस्ने वर्ष १९ को लोकनाथ पाण्डे –हातमा चोट, अवस्था- सामान्य । (डिस्चार्ज चौराहा हस्पिटल बुटवलबाट)

 



सम्बन्धित
Loading...