भरतपुर महानगरपालिका वडा नं. १६ मा आज बिहानै बम बिस्फोट


चितवन – भरतपुरमा आज बिहानै बम बिस्फोट भएको छ । यही मंसिर १४ गते उपनिर्वाचन हुन लागेको वडा नं.१६ मा आज बिहानै बम बिस्फोट भएको हो ।




फुर्तीचोक देखि वडा कार्यालय जाने सडक खण्डको खेतमा बिहान ३ः३० बजे बम बिस्फोट भएको हो । बम बिस्फोटको आवाज सुनेपछि स्थानीयहरु त्रसित भएका छन् । स्थानीयका अनुसार बम बिस्फोट भएको स्थानमा टायरका टुक्रा र सिलिण्डका टुक्राहरु भेटिएको छ ।
चितवन प्रहरीले भने सो क्षेत्रमा कुनै बम बिस्फोट नभएको दाबी गरेको छ । बम कसले पड्काएको भन्ने बारे केही खुलेको छैन ।



सम्बन्धित
Loading...