गोकर्णेश्वर नगरपालिकाका वडा सचिव घुससहित पक्राउ
गोकर्णेश्वर नगरपालिका–५ का वडा सचिव दिनेश बाँस्कोटा सेवाग्राहीसँग घुस लिदा लिदै पक्राउ परेका छन् ।
घर जग्गा एकीकृत सम्पत्ति कर तिर्न र व्यवसाय दर्ता गर्न वडा कार्यालय आएका सेवाग्राहीसँग घुस लिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुस रकमसहित पक्राउ गरेको हो ।
‘घुस माग गरिरहेको भन्ने सूचना एवं निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निज वडा सचिव दिनेश बास्कोटालाई घुस/रिसवत वापतको २५ हजार रकम लिइसकेको अवस्थामा उक्त घुस रकमसहित गोकर्णेश्वर नगरपालिका–६ स्थित लक्ष्मीनारायण मन्दिर परिसरबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ,’ अख्तियारले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।