काठमाडौं–तराई दु्रतमार्गः रद्द गरिएका कम्पनी फेरि छानिए


  • पत्रपत्रिका / राजधानी दैनिकबाट  


काठमाडौं – तराई मधेस दु्रतमार्ग (फास्ट ट्रयाक) को परामर्शदाता कम्पनी छान्दा मापदण्ड चुहावट भएको भन्दै पहिले छानिएका कम्पनीको प्रक्रिया रद्द गरेको नेपाली सनोले नयाँ प्रक्रियाबाट पुन परामर्शदाता कम्पनी छानेको छ ।
नयाँ प्रक्रियाबाट परामर्शदाता कम्पनी छान्न पुनः टन्डर आव्हान गरिएकोमा २२ विदेशी ककम्पनीले इच्छापत्र बुझाएका थिए । त्यसमध्ये बुधबार मात्रै ६ वटा कम्पनीलाई सेनाले छानेको हो ।
नयाँ प्रक्रियाबाट छानिएका कम्पनीमा समेत दुई वटा पुरानै प्रक्रियामा समावेश भएका र मापदण्ड चुहावटका कारण टेन्डर रद्द हुनेमा परेका कम्पनी छन् ।
रद्द भएका कम्पनीमध्ये सुसुङ इन्जिनियरिङ र सिंगापुरको मेनहार्ड फेरि अन्तिम ६ कम्पनीको सूचीभित्र परेका हुन् । नेपाली सेनाका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठको नेतृत्वमा रहेको दुूतमार्ग आयोजनाले अन्तिम ६ वटा कम्पनीको सूची सार्वजनिक गर्दा ती कम्पनी फेरि अटाएका हुन् ।
नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता विज्ञानदेव पाण्डेले पहिलेको प्रक्रियामा समावेश भएको कम्पनीले पुन भएको वा हुने टन्डर प्रक्रियामै सहभागी हुन नपाउने भन्ने नरहेकोले उनीहरु नयाँ प्रक्रियामा परेको हुन सक्ने बताए ।



सम्बन्धित
Loading...