बाइक ओभरटेक गरेको रिसले युवकको हत्या गर्ने चार पक्राउ


मोटरसाइकल ‘ओभरटेक’ गरेको निहुँमा युवकको हत्या गर्ने चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो ।



उनीहरूले बिहीबार भीमदत्त नगरपालिका–१८ गोबरैयामा २२ वर्षीय दीपक पन्तको मोटरसाइकल ‘ओभरटेक’ गरेको भन्दै चक्कु र हेल्मेट प्रहार गरेर हत्या गरेका थिए ।

प्रहरीले हत्यामा संलग्न भीमदत्त नगरपालिका–४ का ३० वर्षीय महेश नाथ, वडा नम्बर १५ का २२ वर्षीय गम्मा भनिने गणेश लुहार, रोनी भनिने नवीन सिंह र २२ वर्षीय विनोद बोहरालाई सार्वजनिक गरेको हो ।




प्रहरीले उनीहरूको साथबाट पन्तको हत्यामा प्रयोग भएको १ थान चक्कु, से १ प ३७७८ नम्बरको मोटरसाइकल र म ३ प १०७० नम्बरको स्कुटी बरामद गरिएको प्रहरी प्रवक्ता नरेन्द्र चन्दले जानकारी दिए ।

उनका अनुसार मोटरसाइलमा सवार पन्तलाई चार जनाको समूहले आफूहरूको स्कुटरलाई ‘ओभरटेक’ गरेको निहुँमा कुटपिट गरेका थिए । कुटपिटबाट घाइते पन्तलाई महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि भारत रेफर गरिएको थियो । भारत लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको हो ।



सम्बन्धित
Loading...