आश्रममा अनुयायीलाई बलात्कार गर्ने सिद्धबाबा पक्राउ




इटहरी । बलात्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनी अहिले जिल्ला प्रहरी कार्यलय सुनसरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । यसअघि मुद्धा दर्ता भएन भन्दै प्रहरीको आलोचना भएको थियो ।




गिरीमाथि आफ्नै अनुयायी महिलामाथि गत ४ कात्तिकमा बलात्कार गरेको आरोप लागेको थियो ।

बलात्कार आरोप लगाउँने महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाएकी थिईन् ।

उनले बलात्कारी गिरीलाई पक्राउ गर्न उजुरी दिदाँ प्रहरीले उजुरी लिन नमानेको समाचार बाहिरिएको थियो ।



सम्बन्धित
Loading...