साग पुरुष भलिबलः समूह चरणबाटै बाहिरियो नेपाल


१३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत जारी पुरुष भलिबलमा नेपाली टिम समूह चरणबाटै बाहिरिएको छ । उद्घाटनअघि भएको भलिबलमा नेपाली महिला टिम सेमिफाइलनमा पुगेको छ भने पुरुष टिम भने आजसहितका दुवै खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो ।



त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार भएको खेलमा नेपाली पुरुष टिम भारतसँग ३–० को सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । नेपाललाई सेमिफाइनलमा स्थान बनाउन भारतविरुद्धको खेल जित्नैपर्ने थियो । तर, नेपाल भारतसँग २५–१५, २५–१३ र २५–१६ को सोझो सेटमा पराजित भयो ।

पहिलो खेलमा नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित भएको थियो ।



सम्बन्धित
Loading...