प्रधानमन्त्रीलाई मिर्गौला प्रत्यारोपणको लागि सिंगापुर वा अमेरिका लगिने; मिर्गौला दिन भाञ्जा–भाञ्जी तयार

एपेन्डिसाइटिसका कारण महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सपलान्ट सेन्टरमा उपचार गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली ओलीको मिर्गौला प्रत्यारोपणको लागि उनका भाञ्जा भाञ्जीले मिर्गौला दिने भएका छन् ।
स्रोतका अनुसार आगामी पुस महिना भित्रमा उनलाई मिर्गौला प्रत्यारोपणको लागि सिंगापुर र अमेरिकामध्ये एउटा अस्पताल लगिने र त्यहीँ प्रधानमन्त्री ओलीको मिर्गौला पत्यारोपण गरिने भएको छ ।
संयुक्त राज्य अमेरिकामा बस्दै आएका ओलीका भाञ्जा र नेपालमै रहेकी भाञ्जीले मिर्गौला दिने भएक हुन् ।
एपेन्डिसाइटिसको अपरेसनपछि अस्पतालमा आराम गरिरहेका ओली निवास फर्किएपछि करिव तीन हप्ता आराम गर्ने र चिकित्सकको सल्लाहमा प्रत्यारोपण गरिने भएको छ । प्रत्यारोपणका लागि आवश्यक रकम व्यहोर्ने डोनर समेत तयार भइसकेको स्रोतले जनायो ।