कास्की–१६ मा कांग्रेसद्वारा बुथकब्जा प्रयास
प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत मतदान भइरहेका बेला कास्की– वडा नम्बर १६ मा बुथ कब्जाको प्रयास गरिएको छ ।
कांग्रेस पक्षका नेता तथा कार्यकर्ताले बुथ कब्जाको प्रयास गरेका बताइएको छ । यद्यपि, यसबारे निर्वाचन कार्यलयले बुझ्नने काम भइरहेको बताएको छ।
‘१६ नम्बर वडामा बुथ कब्जाको प्रयास भएको खबर आएको छ । त्यहाँ के भएको हो, हामी बुझ्देछौं’, गण्डकी निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले भने ।
बुथ कब्जाको प्रयासपछि १६ नम्बर वडाको मतदान रोकिएको छ ।