पोखरामा ढिस्कोले सातजना पुरिए, तीनजनाको शव निकालियो


पोखरा । पोखरामा नाली खन्ने क्रममा झरेको ढिस्कोले सातजना पुरिएका छन् । पोखरा महानगर–२० मौजामा नाली खन्ने क्रममा माथिबाट झरेको ढिस्कोमा उनीहरु पुरिएका हुन्।



वडाध्यक्ष सीम गुरुङले दिएको जानकारीअनुसार तीनजनाको शव निकालिएको छ। अन्यको उद्धार कार्य  जारी रहेको छ । महानगरपालिकाको कनेक्टिभिटी रोड योजना अन्तर्गत काम भइरहेको थियो।

 



सम्बन्धित
Loading...