संखुवासभाः मकालु गाउँपालिका अध्यक्षको मतगणना सुरु
संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ ।
मकालु गाउँपालिकामा आइतबार विहान ९ बजेर १५ मिनेटदेखि मतगणना सुरु भएको हो । मकालुको वडा नम्बर–१ को छागे र वडा नम्बर ३ को ख केन्द्रको गणना सुरु भएको छ ।
१० मतदान स्थलका ९ हजार एक मतदाता रहेको मकालु गाउँपालिकामा ५ हजार सात सय ७४ मत
खसेको थियो ।
गाउँपालिका अध्यक्ष पदका लागि सत्तारुढ दल नेकपाका तर्फबाट तेजबहादुर पोख्रेल, कांग्रेसबाट विमन पराजुली, संघीय समाजवादी नेपालबाट नर्बु शेर्पा, राप्रपा नेपालबाट मेघनाथ राई, राप्रपा संयुक्तबाट मनबहादुर विश्वकर्मा, राष्ट्रिय जनमुक्ति पार्टीबाट रमेश राई र संघीय लोकतान्त्रिक मञ्चबाट कविता राई प्रतिस्पर्धामा रहेका छन् ।
नेकपाका उम्मेद्धवार तेजबहादुर पोख्रेल शिक्षक पेसाबाट अवकास लिएर राजनीतिमा क्रियाशील भएका हुन् भने कांग्रेसका उम्मेदवार विमन पराजुली अरुण सरोकार मञ्च जिल्ला कार्यसमितीको उपाध्यक्ष हुन् ।