कास्की २ उपनिर्वाचनः विद्याले ८ हजार भोट ल्याउँदा खेमराजको साढे ३ हजार


प्रतिनिधिसभा सदस्यका लागि भएको कास्की निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो परिणाम सार्वजनिक भएको छ । पोखरा महानगरपालिकाको वडा नम्बर ३३, २१ र २० को मत परिणाम सार्वजनिक हुँदा नेकपा उम्मेदवार विद्या भट्टराईले प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेललाई निकै पछि पारेकी छन् ।



निर्वाचन आयोगले दिएको जानकारी अनुसार ३ वडाको मत गणना सकिँदा नेकपा उम्मेदवार भट्टराईल ८ हजार २ सय ६५ मत प्राप्त गरेकी छन् । उनले वडा नम्बर ३३ मा ३ हजार २ सय ७६ मत, वडा नम्बर २१ मा ३ हजार ५ सय २३ मत र वडा नम्बर २० मा १ हजार ४ सय ६६ मत प्राप्त गरेकी छन् ।

काँग्रेस उम्मेदवार पौडेलले भट्टराईलाई पछ्याइरहेका छन् । पौडेलले अहिलेसम्म ३ हजार ६ सय ८२ मत प्राप्त गरेका छन् ।




पौडेलले वडा नम्बर ३३ मा २ हजार १ सय १५ मत, वडा नम्बर २१ मा ९ सय ८० मत र वडा नम्बर २० मा ५ सय ८७ मत प्राप्त गरेका छन् ।



सम्बन्धित
Loading...