नवलपरासीकी कल्पना श्रेष्ठ साग खेलकुदमा दुई खेल्दै


नवलपरासी, १५ मंसिर । काठमाडौंमा आइतबारबाट शुरु भएको साग खेलकुद प्रतियोगितामा नवलपरासीको कावासोती ९ की कल्पना श्रेष्ठले दुई खेल खेल्ने भएकी छिन् ।
श्रेष्ठले सागमा ४ सय मिटर रिले र ४ सय मिटर हडल्सतर्फ प्रतिप्रर्धा गर्ने तयारी गरेकी छिन् । कल्पना श्रेष्ठले काठमाडौंमा बन्द प्रशिक्षण समेत लिएकी छिन् ।
श्रेष्ठ जीवन ज्योति माविका विद्यार्थी हुन् । उनी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट छनौट हुँदै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता उक्त खेलका लागि छनौट भएकी हुन् ।




त्यस्तै गरी जीवन ज्याति माविकै अर्का खेलाडी मानबहादुर श्रेष्ठ पनि साग खेलकुदमा बीच भलिबल प्रतियोगितामा खेल्दै छन् ।
प्रतियोगिताको आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेका छन् ।
नेपालले उद्घाटन अगाडि भईसकेको भलिबलतर्फ महिला भलिबलमा भने फाइनलमा पुगेर पहिलो पदक पक्का गरिसकेको छ । महिला भलिबलमा नेपाल भारतसँग फाइलन खेल खेल्ने छ । छनौट चरणको खेलमा भारतसँग हार बेहोरेको नेपालले भारतसँग फाइनलमा बदला लिने मौका पनि मिलेको छ ।
पुरुष भलिबलमा भने नेपाल समूह चरणबाटै बाहिरिएको छ ।



सम्बन्धित
Loading...