बलात्कार आरोपमा ‘सिद्धबाबाबा’ आईसीयूबाटै गिरफ्तार


बलाल्कारको आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरी पक्राउ परेका छन् ।



बिरामी भएर विराटनगरस्थित विराट नर्सिङ होमको आइसीयूमा उपचार गराइरहेका गिरीलाई आज बिहान आईसीयूबाटै प्रहरीले पक्राउ गरेको हो ।




एक महिलाले सिद्धबाबा भनिने गिरीले आफूमाथि बलात्कार गरेको उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरिएको सुनसरीका एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।

गिरीले महिलासँग कुराकानी गरेको टेलिफोनको अडियो समेत सार्वजनिक भएको थियो । गिरीले आफू निर्दोश रहेको दाबी गर्दै आएका छन्।


बिरामी परेर अस्पतालमा उपचाररत गिरीलाई अस्पतालबाटै पक्राउ गरेर अनुसन्धान अघि बढाइएको पोखरेलले बताए।

मुद्दा दायर भएपछि प्रहरीले उनको अनुसन्धान गर्न बिहीबारदेखि नै टोली खटाएको थियो। आफूमाथि अनुसन्धान सुरु भएको थापा पाएपछि उनी शुक्रबार बिहान विराट नर्सिङ होम भर्ना भएका थिए। पक्राउ गर्ने योजनासहित आइतबार बिहान प्रहरी अस्पताल पुगेपछि उनलाई आइसियुमा भर्ना गरिएको थियो।

उनलाई छात्ती, मुटु, प्रोस्टेट तथा मिर्गौलाको पत्थरीको समस्या रहेको अस्पतालले बताउँदै आएको थियो ।



सम्बन्धित
Loading...