धरान–७ मा नेकपाले जितेपछि विवाद, कांग्रेसद्धारा पुनः मतगणना गर्न माग


सुनसरीको धरान उपमहानगरपालिका–७ को वडाअध्यक्षमा नेकपाका जीवन सुबेदी १ मतले विजयी भएपछि मतपरिणाम घोषणा हुन लाग्दा विवाद सुरु भएको छ ।



मतगणना क्रममा वडा नम्बर ७ को अध्यक्ष पदमा नेकपाका उम्मेदवार जीवन सुवेदी १ मतले अग्रता लिएका थिए भने अन्तिमसम्ममा एक मतले नै विजयी बनेपछि विवाद उत्पन्न भएको हो ।

विवादि मतपरिणामलाई नेपाली कांग्रेसका नेताहरुले वदर भएको मतलाई सदर गरेको भन्दै पुनः गणनाको माग गरेका छन् । कांग्रेसले पुनः मतगणना गर्न लिखित निवेदन दिएपछि परिणाम घोषणा हुन पाएको छैन ।




वडा नम्बर ७ को मतणना अनुसार नेकपाका उम्मेदवार सुवेदीको पक्षमा ६२२ मत परेको थियो भने कांग्रेसका प्रत्यासी सुवर्ण मोहन पलिखेको पक्षमा ६२१ मत परेको छ ।



सम्बन्धित
Loading...