करातेमा श्रेष्ठले जिते स्वर्ण, नेपालले १० पदक जित्यो
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेको पुरुष कुमुतेमा नेपालले अर्को जीत निकालेको छ ।
८४ केजीमाथिको समूहमा नेपाली खेलाडी विप्लवमान श्रेष्ठले स्वर्ण जितेका छन् ।
पाकिस्तानी खेलाडी वाइस मोहम्मदमाथि ६/५ को जित निकाले । श्रेष्ठको यो जीतसँगै करातेमाम नेपालले पाँच स्वर्ण जितेको छ भने समग्रमा १० वटा स्वर्ण हात लागेको छ ।