बागलुङमा जीप दुर्घटना, १५ जनाको मृत्यु


बागलुङको पश्चिम बडिगाडमा जीप दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।



गुल्मीको इश्मा गाउँपालिका–५ दोहोली रिप कैयापाटाबाट बागलुङको निसीखोलातर्फ जाँदै गरेको जीप बडिगाड गाउँपालिका– ७ भिमगिठेकोमा दुर्घटना हुँदा ९ महिला र चार पुरुषसहित १५ जनाको मृत्यु भएको हो ।

मध्यपहाडी लोकमार्गबाट करिब ३ सय मिटर तल खोलामा खस्दा गम्भीर घाइते भएका चार जनालाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि पठाएका छन् । दुर्घघटनाको थप बिवरण आउन बाँकी छ ।

 



सम्बन्धित
Loading...