साग महिला भलिबल : पहिलो पटक फाइनलमा पुगेको नेपाल रजतमा सीमित


१३औं दक्षिण एसियाली खेलकुद (साग) महिला भलिबलमा नेपाल रजतमा सीमित भएको छ ।



पहिलो पटक फाइनमा पुगेको नेपालले सुरुमा उत्कृष्ट प्रदर्शन गरे पनि चौथो र पाँचौं सेटमा कमजोर प्रदर्शन गर्‍याे, जसका कारण स्वर्ण पदक पाउने अवसर गुमायो ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा मंगलबार भएको खेलमा ३–२ को सेटमा भारत विजयी भएको हो । पहिलो सेट नेपालले गुमाएको थियो । पहिलो सेटमा भारत २५–१७ ले विजयी भएको थियो । नेपाल दोस्रो सेटमा २५–२३ ले विजयी भएको थियो ।




दोस्रो सेट २५–२४ ले जितेको नेपालले तेस्रो सेट २५–२१ को जित हात पारेको हो । चौथो सेट भारतले २५ –२० सेटमा विजयी भयो । चौथो सेटमा नेपाल–भारत बराबर र अन्तिम सेट भारतले  १५ –६ सेटमा विजयी भएसँगै स्वर्ण पदक हात पार्‍याे ।



सम्बन्धित
Loading...