कम्पनीबाट साढे चार लाख चाेर्ने पक्राउ


  • संजय तिवारी – 



परासी । साढे चार लाख रूपैयाँ चाेरी गरि फरार रहेका एक जनालाई पश्चिम नवलपरासीकाे प्रहरीले पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाका अनुसार पश्चिम नवलपरासीकाे प्रतापपुर गाउँपालिका ६ बस्ने २४ बर्षीय राजन यादवलाई पक्राउ गरेकाे हाे ।
यादवले रामग्राम नगरपालिका ११ जमुवाडमा रहेकाे दाउन्ने फ्लवार मिलकाे कम्पाउण्ड भित्र रहेकाे कार्यालयबाट दराज फाेरी चार लाख ३६ हजार आठ सय ७६ रूपैयाँ चाेरी गरेकाे प्रहरीले जनाएकाे छ।



सम्बन्धित
Loading...