सागमा नेपालले पायाे २९ स्वर्ण, भारत ३२ स्वर्ण सहित पहिलो स्थानमा (तालिका सहित)




३औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) काठमाडौं, ललितपुर, पोखरा र जनकपुरमा भइरहेको छ ।

१५ गतेदेखि औपचारिक रुपमा सुरु भएको सागमा कुल ११ सय ३५ पदकका लागि प्रतिस्पर्धा जारी छ । सागमा समावेश २६ खेलमा कुल ३ सय १७ स्वर्ण, ३ सय १७ रजत र ४ सय ८१ कास्य पदकका लागि नेपालसहित भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र भुटानका खेलाडी मैदानमा छन् । आयोजक नेपालले सबैभन्दा बढी ५९६ खेलाडीका साथ सबै खेलमा सहभागिता जनाएको छ।




सागका लागि काठमाडाैं उपत्यका, पोखरा र जनकपुरमा गरी २९ खेलस्थल तयार गरिएकाे छ ।


यो समाचार तयार पार्दासम्म आयोजक नेपालले २७ स्वर्ण आफ्नो नाममा पारिसकेको छ । २२ स्वर्ण जितिसकेको भारत नेपाललाई पछ्याइरहेको छ । दक्षिण एसियाकै सानो देश माल्दिभ्सले इतिहासमै पहिलो पटक सागमा स्वर्ण जितेको छ ।

१३औं सागमा पौडीमा सबैभन्दा धेरै ३८ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ । त्यसपछि एथ्लेटिक्समा ३६ स्वर्ण छ । यस्तै, तेक्वान्दोमा २९, सुटिङ, भारोत्तोलन र कुस्तीमा २० स्वर्ण छन् ।

यसैगरी, उसुमा २२, करातेमा १९, बक्सिङमा १६, जुडोमा १५, फेन्सिङमा १२, आर्चरीमा १० र साइकिलिङमा ८–८, ब्याडमिन्टन, टेबल टेनिस र टेनिसमा ७–७, ट्रायथलनमा ५, गल्फ र स्क्वासमा ४–४ स्वर्ण पदक छन् । यस्तै, बास्केटबल, थ्री वाई थ्री बास्केटबल, क्रिकेट, फुटबल, ह्याण्डबल, कबड्डी, खोखो, भलिवल र विच भलिबलमा २– स्वर्ण छन् । यीमध्ये केहीमा प्रतिस्पर्धा सम्पन्न भइसकेको छ, केही चलिरहेको छ भने केही हुन बाँकी छ ।

यो समाचार तयार पार्दासम्म नेपालले जितेका स्वर्ण, रजत र कास्य पदकको विवरण यस्तो छ :

स्वर्ण पदक

१. मण्डेकाजी श्रेष्ठ, कराते (एकल काता)
२. मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर, कराते (टिम काता, पुरुष )
३. निर्मला तामाङ, संगिता मगर, सरु कार्की, कराते (टिम काता, महिला)
४. लक्ष्मण तामाङ, कराते (५५ केजी) –
५.विप्लवलाल श्रेष्ठ, कराते(८४ केजीमाथि)
६.कुसुम खड्का, कराते (४५ केजी मुनी)
७.अनु अधिकारी, कराते (५० केजी मूनि)
८.नवीन रसाइली, कराते (६७ केजी)
९.सुनिता महर्जन, कराते (६८ केजी)–
१०. अनुपमा मगर, कराते (६८ केजी)
११.कमल श्रेष्ठ, तेक्वान्दो पुम्से (२३–२९ वर्ष )
१२. सिना मादेन लिम्बु, तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )
१३. पार्वती गुरुङ, तेक्वान्दो पुम्से (२३ –२९ वर्ष )
१४. आयशा शाक्य, तेक्वान्दो पुम्से (२९ वर्ष माथि )
१५. आयशा शाक्य र सञ्जिकुमार पाण्डे, तेक्वान्दो पुम्से (२९ वर्ष माथि)
१६. निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना, पुम्से महिला टिम (१७–२३ वर्ष)
१७. निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई, पुम्से महिला टिम (२३–२९ वर्ष)
१८. काजल श्रेष्ठ, तेक्वान्दो (४६ केजी मुनि)
१९. वीरबहादुर महरा, तेक्वान्दो (६८ केजी मुनि)
२०.ट्रायथलन – सोनी गुरुङ
२१. हिमाल टमाटा, दुवाथोलन
२२. विजय सिन्जाली, उसु (थाउलो)
२३. सुस्मिता तामाङ, उसु (थाउलो)
२४. दीपक हमाल, उसु (थाउलो)
२५.सन्तोषी श्रेष्ठ, एथलेटिक्स (१० हजार मिटर)
२६. निस्मा श्रेष्ठ, साइकलिङ (महिलातर्फ)
२७. राजेश मगर, साइकलिङ (पुरुषतर्फ)

२८. संगीता बस्याल, तेक्वान्दाे, (६२ केजीमुनि महिला)

२९. सक्षम कार्की, तेक्वान्दाे (८७ केजीमुनि पुरूष)

रजत पदक

१. चन्चला दनुवार, कराते (एकल काता)
२. कृष्णबहादुर तामाङ, तेक्वान्दो पुम्से (१७–२३ वर्ष)
३. दिवस श्रेष्ठ, कराते (८४ केजी मूनि)
४. अनु गुरुङ, कराते (६१ केजी )
५. गंगाराम थारु, कराते (७५ केजी)
६. लक्ष्मण मल्ल, दुवाथोलन
७. हुमी बुढा मगर, दुवाथोलन
८. भलिबल टोली (महिला)
९. टेबल टेनिस (टिम इभेन्ट, पुरुष)
१४..निरभ श्रेष्ठ, साइकिलिङ (पुरुष)
१५. जमुना थापा, साइकलिङ (महिला)
१६. सोनी गुरुङ, दीपेश चौधरी, केशरी थापामगर र बसन्त थारु (मिक्स ट्रायथोलन)

कास्य पदक

१. .रेजिन रिमाल, तेक्वान्दो पुम्से (२९ वर्ष माथि)
२. अस्मिन राउत र सिना मादेन लिम्बु, तेक्वान्दो पुम्से (१७–२३ वर्ष)
३. जितबहादुर बोट र पार्वती गुरुङ, तेक्वान्दो पुम्से (२३–२९ वर्ष)
४. शीशिर श्रेष्ठ, अष्मिन राउत, दीपेन्द्र गुरुङ, पुरुष टिम पुम्से (१७ –२३ वर्ष)
५. कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बु, पुरुष टिम पुम्से (२३ वर्षमाथि)
६. बसन्त थारु, ट्रायथलन
७. राजीव पुडासैनी, कराते
८. टंक कार्की, एथलेटिक्स (१५०० मिटर)
९.दीपक अधिकारी, एथलेटिक्स (१० हजार मिटर)
१०. हरि प्रसाद गोले, उसु (थाउलो)
११. ब्याडमिन्टन (टिम इभेन्ट, महिला)
१२. ब्याडमिन्टन (टिम इभेन्ट, पुरुष)
१३. टेबल टेनिस (टिम इभेन्ट, महिला)
१४. प्राचित थापा, साइकलिङ (पुरुष)

माल्दिभ्सले रच्यो इतिहास

जारी सागमा माल्दिभ्सले इतिहास रचेको छ । माल्दिभ्सले पहिलो पटक सागमा स्वर्ण जितेर इतिहास बनाएको हो । एथलेटिक्सतर्फ माल्दिभ्सका हसन साइदले स्वर्ण पदक जितेका हुन् । साइदले १०० मिटर दौड १०.४९ सेकेन्डमा पूरा गरे ।



सम्बन्धित
Loading...