नवलपुरमा हराएका आधा बढी महिला फेला पर्दैनन्


पूर्वी नवलपरासीमा हराएका महिलाहरु मध्ये आधाआधी महिला फेला नगर्ने गरेको तथ्यांकमा देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार गत आर्थिक बर्ष २०७५/०७६ मा हराएका २ सय ६० जना महिला मध्ये १ सय ९२ जना मात्र फेला परेको छ ।



बाँकी एक सय ६८ जना अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासीकको तथ्यांकमा उल्लेख छ । सरदर महिनामा २० जना महिला हराएको भन्दैं प्रहरीमा उजुरी पर्ने गरेका छन् ति मध्ये सबैभन्दा बढी श्रीमान् विदेश भएकाहरुको श्रीमती हराएको भन्दै उजुरी गर्न आउने गरेको प्रहरी महिला सेलले जनाएको छ ।
त्यसैगरी यस आर्थिक बर्षको साउनदेखि कात्तिकसम्म ६४ जना महिला हराएको भन्दै प्रहरीमा उजुरी परेकोमा २२ जना फेला परेका छन् भने ४२ जना यस अझै फेला पर्न सकेका छैनन् ।
कतिपयले हराएको खबर गर्न आउने तर फेला परेपछि प्रहरीकोमा खबर नगर्ने गरेका कारण पनि हराएर नभेटिनेको संख्या यकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जनाए।



सम्बन्धित
Loading...