दोलखाका प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालय तानिए
दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल गृह मन्त्रालय तानिएका छन् । घूस लिएको आरोप लागेका रिजाललाई गृह मन्त्रालय तानिएको हो ।
उनीमाथि घूस लिएको तथा अभियुक्तलाई साधारण तारेखमा छाडेको दुई अलगअलग मुद्दा रहेका छन् । उनले अभियुक्तलाई साधारण तारेखमा छाड्नका लागि १ लाख १० हजार घूस लिएको आरोप लागेको छ ।
उनलाई गृह मन्त्रालय तानिएको पुष्टि गर्दै गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले उनको स्थानमा कसलाई पठाउने भन्ने टुंगो लागिनसकेको बताए ।