साग पुरुष क्रिकेटः नेपालले माल्दिभ्ससामु दियो १६४ रनको लक्ष्य


१३ औं साग अन्तरगत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई १६४ रनको लक्ष्य दिएको छ ।



टस जितेर व्याटिङ गरेको नेपालले करन केसीको विष्फोटक व्याटिङको मद्धतमा ७ विकेटको क्षतिमा १६३ रन बनायो । करनले १६ बलमा नटआउट ४० रन बनाए । यस्तै उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३९, कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले समान १९ रन बनाए भने आरिफ शेखले १०, पारस खड्काले ११, रोहित पौडेलले १० रन बनाए भने पवन सर्राफ शून्यमै आउट भए ।



सम्बन्धित
Loading...