नवलपुर महिला अधिकार मञ्चको अध्यक्षमाः पंगेनी
- शोभा जि.सी. –

नवलपुर । शुक्रबार नवलपुर जिल्ला महिला अधिकार मंचको दोस्रो जिल्ला परिषद् तथा सम्मेलन भएको छ । माझी मुसहर बोटे कल्याण सेवा समितिको सभा हलमा भएको सम्मेलनले पुरानो समितिलाई विगठन गरी नयाँ कार्यसमिति चयन गरेको हो ।
सम्मेलनले अध्यक्षमा भुना पंगेनी, उपाध्यक्ष कल्पना पाण्डे, सचिवमा दुर्गा विष्ट, सहसचिवमा गिता पाण्डे, कोषध्याक्ष्यमा सिता लम्साल चयन गरेको छ ।
त्यस्तैगरी सदस्यहरुमा दिपा रायमाझी, बालु पुरी, नर्मदा रानाभाट, निमकला पौडेल, अस्मिता मुसहर, विमला चौधरी, गीता रिजाल गरी १६ सदस्यीय कार्यसमिति चयन गरेको हो । पछि ४ सदस्य मनोनित गरिने जनाइएको छ ।
जिल्ला महिला अधिकार मञ्चको अध्यक्ष कल्पना विन्दु गौतमको अध्यक्ष्यतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाको उपमेयर पार्वता तिवारीले महिला अधिकारका लागि महिलाहरु एक हुन आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा प्रगति प्रतिवेदन कल्पना विन्दु गौतमले प्रस्तुत गरेका थिए । कार्यक्रममा गैडाकोट नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष पदम लाल पौडेल, माझी मुसहर बोटे कल्याण सेवा समिति नवलपुरका अध्यक्ष जितबहादुर मुसहर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।