१३ औं सागमा शनिबार हुने खेलहरू


दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार एथ्लेटिक्सको ९ वटा स्वर्णका लागि भिडन्त हुनेछ।



बिहान ७ बजे नै महिला र पुरुष म्याराथन दशरथ रंगशालाबाट सुरू हुने तय छ।

पोखरामा आर्चरीको ४ वटा स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। बास्केटबल त्रिपुरेश्वरमा जारी रहनेछन् भने बक्सिङको क्वार्टरफाइनलका खेल हुनेछन्।




पुरुष क्रिकेटमा नेपाल र बंगलादेशबीच ११ बजे खेल कीर्तिपुर मैदानमा खेल हुनेछ।

महिला क्रिकेटको तेस्रो स्थानका लागि नेपालले माल्दिभ्ससँग पोखरा रंगशालामा भिड्नेछ।

साइक्लिङमा रोड रेसका २ वटा स्वर्णका लागि खेल हुनेछ। फेन्सिङमा ३ स्वर्णका लागि भिडन्त हुनेछ।


दशरथ रंगशालामा साढे १ बजे पुरुष फुटबलमा नेपाल र माल्दिभ्सबीच खेल हुनेछ।

पोखरामा ह्यान्डबलको सेमिफाइनल हुनेछ। जुडोको ड्र शनिबार हुनेछ भने प्रतिस्पर्धा आइतबारदेखि सुरू हुनेछ।

आइतबार ७ वटा स्वर्णको टुंगो लाग्नेछ। स्क्वासको सेमिफाइनलमा खेल हुनेछ।

पौडीमा ७ वटा स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।

कबड्डी र सुटिङको खेल जारी हुनेछ।

टेनिसमा पनि प्रतिस्पर्धा जारी रहनेछ। पोखरामा हुने भारोत्तोलनमा ५ स्वर्ण र जनकपुरमा हुने कुस्तीमा ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।



सम्बन्धित
Loading...