महाकाली नेपालको हो भनेर भारतसँग आफैले सम्झौता गरेको देउवाको दावी
- विवेक भण्डारी –

नवलपरासी । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सिमा विवादको विषयलाई चासोका साथ हेर्न नसकेको आरोप लगाएका छन । शुक्रवार प्रेस यूनियन नवलपुरले आयोजना गरेको सुर्यभक्त–पतनादेवी स्मृती राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा बोल्दै कांगेस सभापति देउवाले आफु प्रधानमन्त्री हुदा भारत संग गरेको सम्झैतामा महाकाली नेपालकै हो भनि स्पष्ट हुदा पनि अहिलेको सरकारले त्यस तर्फ ध्यान केन्द्रित गर्न नसकेको बताए ।
कार्यक्रममा बोल्दै सभापति देउवाले भारतले मिचेको सिमाको विषयमा सरकार आफैले विवाद गर्नु भर्ने भए पनि सरकारलाई सबै जनता र काग्रेस पार्टिले समर्थन गरेको भए पनि यो सरकारले देशको सिमा सुरक्षा गर्न तर्फ नलागेको आरोप लगाए ।
केपी ओली सरकारलाई सबैले सहयोग गरेका छन ,आफ्नो देशको सिमा बचाउन सरकार लाग्नु पर्ने भए पनि जनता र हमिले सरकारलाई बाटो खुल्ला गरिए दिएका छौँ , तै पनि सरकार बोल्दै न’ उनले भने । उनले कालापानि देशकै हुदा पनि सरकारले भारत संग बार्ता गर्न नखोज्नुले ओलीले भन्दै आएको राष्ट्रबाद राष्ट्रबाद नभई लम्पसारबाद भएको बताए । यो विषयमा सरकारले चासो लिन नसकेको पटक पटक दोहोर्याए । कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय नेता तथा कार्यकर्ताहरुको उपस्थीत रहेको थियो ।
सुर्यभक्त–पतनादेवी स्मृती राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार किशोर नेपाललाई प्रदान

प्रेस युनियन नवलपुरले प्रत्येक वर्ष प्रदान गर्ने सुर्यभक्त–पतनादेवी स्मृती राष्ट्रिय पुरस्कार यो वर्ष पत्रकार किशोर नेपाललाई प्रदान गरिएको छ । प्रेस युनियन नवलपुरले पन्ध्र वर्षअघि स्थापित पुरस्कारले यस वर्ष नेपाललाई सम्मानित गरेको हो । शुक्रवार एक भव्य समारोहका विच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्धारा उहालाई सो पुरस्कारले सम्मान गरिएको हो । पत्रकारिता क्षेत्रमा नेपाल उल्लेखनिय योगदान पुर्याएको हुदा उहाको कदर स्वरुप पुरस्कारले सम्मान गरिएको प्रेस यूनियन नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले बताए । नेपाललाई २५ हजार नगद र ताम्रपत्रले सम्मान गरिएको अध्यक्ष पराजुलीले जानकारी दिए । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा सूर्यभक्त र उनकी धर्मपत्नी पतनादेवीको स्मृतिमा छोरा मदनभक्त अधिकारीले राखेको अक्षयकोष रकमबाट हरेक वर्ष एक पत्रकारलाई सम्मान गरिँदै आइएको छ।