जुनियर रेडक्रस सर्कल, सरस्वती विद्यालयको अवलोकन भ्रमण
कावासोती । जुनियर रेडक्रस शर्कल सरस्वती आधारभूत विधालय, मध्यविन्दु–१२, बेलहानीको आयोजनामा एक दिने भ्रमण सम्पन्न गरेको छ । जुनियर रेडक्रस सर्कलका १ सय २४ जना सदस्यहरू सहभागी रहेको टोलीले शास्वत धाम, कावासोतीमा हालै स्थापना गरेको ब्लड बैंक, देवचुली टेलिभिजनको अवलोकन गरेको शर्कलका संरक्षक जनकराज पोख्रेलले जानकारी दिनुभयो ।

अवलोकन पश्चात कावासोतीमा भ्रमण टोलीलाई स्वागत गर्दै जुनियर युवा रेडक्रस समिति नवलपुरका संयोजक तथा देवचुली टेलिभिजनका अध्यक्ष केबी रानाले जुनियर युवा रेडक्रस शर्कलले गर्नुपर्ने भूमिकाका वारेमा चर्चा गर्नुभयो । उहांले बाल्यकालमा बाल क्लब देखि युवा रेडक्रसको जिल्ला नेतृत्व र सामाजिक क्षेत्रमा लाग्दाको सकरात्मक र आत्मा सन्तुष्टीका अनुभव समेत सुनाउनुभएको थियो । बाल्यकाल देखि नै सामाजिक क्षेत्रमा कृयाशिल भएकाले आफूलाई रेडक्रस अभियानमा लाग्न सहज भएको संयोजक रानाले अनुभव सुनाउनुभयो । भ्रमणका क्रममा सिकेका सिकाई लेख रचना, गीत, कविता, गजल लेख्न आग्रह गर्दै ती रचनालाई जुनियर युवा रेडक्रसको सामाजिक सञ्जाल, निकट भविष्यमा प्रकाशन हुने म्यागेजिनमा समेत प्रकाशन गर्ने संयोजक रानाले जानकारी दिनुभयो ।
सर्कलका संरक्षक तथा विद्यालयलका प्रधानाध्यापक जनक राज पोख्रेल, शिक्षक नायक भीमलाल काफ्ले, अतिरिक्त कृयाकलाप संयोजक अनु विक, शिक्षक राधा नगरकोटी र मेनुका केसीको नेतृत्वमा भ्रमण गरिएको थियो । नेपाल रेडक्रस सोसाईटी आरूङ्गखोला उपशाखाका सभापति मेघराज पाण्डेले शभकामना मन्तव्य र रेडक्रसका गतिविधिको बारेमा बिधार्थीहरूलाई प्रशिक्षण गरि भ्रमणको शुरूवात गर्नुभएको थियो ।