कावासोती रोटरीको आयोजनामा उमेर मनोबैज्ञानिमा छलफल ।


रोटरी क्लब कावासोतीको आयोजनामा बढ्दो उमेर र मनोबिज्ञानको सामिप्यता कति नजिक कति टाढा भन्ने बिषयमा आज शनिबार कावासोतीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।



कार्यक्रमको उदघाटन नेपाली कांग्रेसका नवलपुर सभापती तथा सघिंय संसद बिष्णु लामिछानेले गरेका हुन । लामिछानेले बढ्दो उमेरमा विभिन्न किसिमका समस्याले सताउने हँुदा मनोबिज्ञानले अझ प्रभाब पार्ने गर्छ यसलाई आफैले समाधान गर्दै गएमा सुखी जीवन जिउन सहज हुने लामिछानेले बताए । कल्पवृक्ष हेल्थ फाउन्डेसको सहयोगमा एक दिने अन्तरक्रिया कार्यक्रममा ५० बर्ष पार गरेका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम रोटरी क्लबका अध्यक्ष भरत पोखे्ररलको अध्यक्षतामा भएको थियो। कार्यक्रममा फाउन्डेसनका ६ जना छुट्टाछुट्टै बिज्ञहरुले मनाेिबज्ञानका बिषयमा सहभागिलाइ छलफल गराएका थिए। पछिल्लो समयमा उमेर ढल्केसँगै विभिन्न सम्स्याले सताउने हँुदा त्यस्ता समस्यालाई यस्तो परामर्शले समाधान हुने फाउन्डेसनका प्रमुख वसन्त पौडेलले बताए। छलफल कार्यक्रममा ५० भन्दा बढी को सहभागिता रहेको थियो।



सम्बन्धित
Loading...