पूर्वराजा ज्ञानेन्द्र परासीमा
- रामकरण हरिजन –

परासी । प्रदेश ५ का विभिन्न जिल्लाका धार्मिकस्थलको दौडाहामा निस्कनुभएका पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार पश्चिम नवलपरासीको पाल्हीभगवती मन्दिरको दर्शन गरेका छन्। पूर्वराजा शाहले पाल्हीभगवती मन्दिरमा विधिपुर्वक पूजाआजा गरेका थिए ।
पाल्हीनन्दन गाँउपालीका ४ मा रहेको प्रसिद्ध पाल्हीभगवती मन्दिरमा झन्डै आधा घण्टा शाहले पुजाआजा गरेको बताईएको छ ।
पुजाआजा पछि संक्षिप्त भनाई राख्दै पुर्वराजा ज्ञानेन्द्रले सबै नेपाली एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताएका थिए। झन्डै एक मिनेट मात्रै बोलेका पूर्व राजाले सबै नेपालीको एकतामा जोड दिए । उनले भने – ‘उपस्थित सबै महानुभावलाई धन्यवाद दिन चाहान्छु, नेपालीहरु सबै एकतावद्ध हुनुपर्छ, होस्टेमा हैसे गर्दे अगाडि बढ्नुपर्छ।’
पुर्व राजा आउने भएपछि राजा सर्मथकहरुले शुक्रबार देखिनै गेट निर्माण देखि नगर राजा आउ देश बचाउ लेखिएका व्यानर पनि ठाँउ ठाँउमा टासिएको थियो ।
उनको स्वागतमा राप्रपा संयुक्तका नेताहरु, शिवसेना नेपालका युवा, स्थानीय लगायत सयौँको उपस्थिति रहेको थियो । पूर्व राजाले पुजाआजा गर्दा र बाहिरिने क्रममा सर्मथकहरुले राजा आउ देश बचाउ हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्ने जस्ता नारा लगाएका थिए । पुर्वराजालाई हेर्न उपस्थित भएको भिडका कारण शाहलाई मन्दिरबाट बाहिरिन समेत समस्या भएको थियो । शाह शनिबार नै भलुहीमा रहेको गाई फार्मको पनि अवलोकन गरी फर्किएका थिए।