चितवनमा अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु, एक गम्भीर


  • राधेश्याम खतिवडा



चितवन, २१ मंसिर । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्वर ५ मा शनिबार साँझ अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार राप्ती नगरपालिका वडा नम्वर ४ चेपाङ् मार्गबाट भण्डारा तर्फ आउँदै गरेको ना १ ह ६४०९ नम्वरको अटो राप्ती ५ डुम्रेखाडी पुल नजिक अनियन्त्रीत भई पल्टिँदा दुर्घटना भएको हो ।
अटो पल्टिदा अटोमा सवार ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोईरालाले जानकारी दिए । मृत्यु हुनेमा पर्वतको कुस्मा नगरपालिकाको पिपलटारीका ३५ वर्षिय श्यामप्रसाद तिवरी रहेका छन् । अन्यको भने सनाखत हुन सकेको छैन । एक जना अन्दाजी २६ वर्षिय पुरुषको कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भईरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाईते भई उपचारका लागि ल्याईएका मध्ये ३ जनाको पुरानो मेडिकल कलेजमा र अन्य दुई जनाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अटो प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको डिएसपी कोईरालाले बताए।



सम्बन्धित
Loading...