नयाँदिल्लीमा आगलागी, ३४ जनाको मृत्यु
भारतको नयाँदिल्लीस्थित एक गोदाममा आगलागी हुँदा कम्तिमा ३४ जनाको मृत्यु भएको छ ।
नयाँदिल्लीको रानी झाँसी रोडमा आइतबार बिहान आगलागी भएको हो । भारतीय मिडियाहरुले ३४ जनाको शव प्राप्त भएको र धेरैजसोको मृत्यु धुँवामा निसास्एिर भएको उल्लेख गरेका छन् ।
२५ भन्दा बढी अग्नी नियन्त्रक गाडीहरुले आगो निभाउने प्रयास गरिरहेको छ। उद्दारमा खटिएका टोलीले ५० जना भन्दा बढीलाई जिवितै उद्दार गरेको जनाएका छन् ।

लोक नायक अस्पतालकी डॉक्टर रितु सक्सेनाका अनुसार अहिलेसम्म ३४ जनाको निधन भईसकेको छ।
आगो नियन्त्रणमा लिने प्रयास जारी रहे पनि साँगुरो गल्लीका कारण आगो नियन्णमा लिन गाह्रो भएको बताइएको छ। आइतबार बिहान करिब साढे ५ बजेतिर आगो लागेको थियो । आगलागीको कारण खुलेको छैन । त्यहाँ कागज र कार्टुन उत्पादनको उद्योगसमेत रहेकाले आगो छिट्टै फैलिएको थियो । आगोका कारण नजिकका तीन घरसमेत जलेका छन् ।