खोटाङको रावाबेँसी गाउँपालिका प्रमुखको गाडीमा आगजनी

खोटाङको रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाले प्रयोग गर्दै आएको सरकारी गाडीमा आगजनी भएको छ । रावाबेँसी गाउँपालिका वडा नम्बर ५ दुवेकोलस्थित निवासमा पार्किङ गरी राखिएको बा २ झ ३५२४ नम्बरको गाडीमा गएराति आगजनी भएको हो । आगजनीका कारण गाडी पूरै जलेको छ ।
हरमटारबाट गएको प्रहरी टोलीले करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिएको थियो ।
आगलागी कसरी भयो भन्ने खुलेको छैन । प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । प्रजिअ उपाध्यायका अनुसार घटनाको अनुसन्धानका लागि खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतम नेतृत्वको टोली खटाइएको छ ।