१३औँ दक्षिण एशियाली खेलकुद: नेपाललाई पुरुष क्रिकेटमा पनि काश्य पदक




माल्दिभ्सलाई टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा हराउँदै नेपालले पुरुष क्रिकेटमा काश्य पदक जितेको छ।

नेपालमा आयोजित १३औँ दक्षिण एशियाली खेलकुदअन्तर्गत सोमवार कीर्तिपुर मैदानमा भएको खेल नेपालले पाँच विकेटले जितेको हो।




माल्दिभ्सले पहिले ब्याटिङ गर्दै २० ओभरमा नौ विकेट गुमाएर ९४ रन बनाएको थियो। नेपालले १६.१ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य प्राप्त गर्‍यो।  शुक्रवार महिला क्रिकेट टोलीले पनि माल्दिभ्सलाई हराएर काश्य जितेको थियो।



सम्बन्धित
Loading...