दुईवटा आमाको गर्भबाट एउटा बच्चा जन्म !




सुन्दै अचम्म लाग्ने ! एकजना आमाको गर्भबाट बच्चा जन्मेको त प्राकृतिक नै हो । तर दुईवटा आमाको गर्भवटा एउटा बच्चा ! पत्याउन मु्स्किलै पर्छ । बेलायतमा एक महिला समलिंगी जोडीको गर्भबाट बच्चा जन्मिएको छ । बेलायतमा भएको घटना हो यो ।

समलिंगी जोडीले पहिले एउटै बचचा दुईवटै महिलाले आफ्नो गर्भमा राखे । ‘सेयर्ड मदरहुड’ प्रक्रियाअन्तर्गत बेलायतमा यो पहिलो घटना भएको हो । बेलायतका जोडी जेस्मिन र डोना फ्रान्सिस स्मिथको पहिलो बच्चा ओटिसको जन्म दुई महिनाअघि भएको हो ।




बच्चाको जन्म ‘इनविवो नेचुरल फर्टिलाइजेसन’ प्रक्रियाबाट भएको थियो । यो प्रक्रियामा अण्डालाई आमाको शरीरभित्रै प्रत्यारोपण गरिन्छ । त्यसको विपरित आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) मा यो प्रक्रिया शरीरको बाहिर हुने गर्छ । एनविवो प्रक्रियाको सुरुवात स्विस प्रविधि कम्पनी एनाकोवले गरेको हो ।

लण्डनको एक क्लिनिकमा यसको सफलतापूर्वक प्रयोग गरिएको छ । यो पूत्रिलयामा अण्डालाई जैविक आमाको शरीरमा एक क्याप्सुलको माध्यमबाट पु¥याइएको थियो, जसमा आमाको गर्भमा अण्डा पु¥याइयो ।


 

आमाको गभएको उक्त अण्डा सफलतापूर्वक प्रत्यारोपित भएपछि एक आमाको शरीरबाट त्यसलाई निकालेर अर्को आमाको गर्भमा राखियो । जसको कोखबाट बच्चा जन्माइएको थियो । नटिगसरकी निवासी डोनाले महिला समलिंगी जोडीका रूपमा आफू उक्त गर्भधारणबाट अत्यन्त खुसी भएको बताइन् ।

‘जस्मिन र मलाई जुन प्रकारको चासो भइरहेको छ, त्यो हाम्रो लागि अत्यन्त उत्साहजनक छ । सामान्य रूपमा समलिंगी जोडीको गर्भधारणमा जोडीमध्ये एक महिलाको मात्र गर्भधारण हुन्छ । अर्को महिला यो प्रक्रियामा समावेस नै हुन्दैन । अण्डा पहिलो १८ घण्टा मेरो गर्भमा रह्यो र त्यसपछि जेस्मिनको गर्भमा राखियो ।’ जेस्मिनले जन्मबाट आफू अत्यन्त खुसी भएको बताएकी छन् । एजेन्सी 



सम्बन्धित
Loading...