टिकट नपाएर विरोधमा उत्रेका दर्शकमाथी दशरथ रंगशालामा प्रहरीको लाठी चार्ज


त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रहरीले टिकट खरिद गर्न भएका माथि लाठी प्रहार गरेको छ।



१३ ‌औं दक्षिण एसियाली खेलकुद (साग) को आज समापन हुँदैछ। समापनसँगै फुटबलको फाइनल खेल पनि आजै छ। फुटबलसँगै बक्सिङ, जुडो, बास्केटबल लगायतका खेलको फाइनल पनि बाँकी नै छन्। नेपाल भर्सेस भुटानको खेल हेर्न टिकट लिन पुगेका दर्शकलाई हटाउने क्रममा लाठी प्रहार भएको हो।




टिकट नपाएपछि विरोधमा उत्रिएका दर्शक माथि प्रहरीले लाठी प्रहार गरेको हो। प्रहरीको लाठी लागि फोटो खिच्न गएका फोटोपत्रकार समेत घाइते भएका छन्।



सम्बन्धित
Loading...