गृहमन्त्री थापाको राजिनामा माग

बुटवल । मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल क्रान्तिकारी रुपन्देहीले मंगलवार बुटवलमा प्रर्दशन सहित विरोध सभा गरेको छ ।
बांकेको कोहलपुरमा विद्यार्थीमाथि प्रहरीले गरेको दमनका बिरुद्ध क्रान्तिकारीले प्रर्दशन गरेको हो । प्रर्दशनपछि आयोजित सभामा बोल्दैं नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य एवं विद्यार्थी फ्याक्सन इन्चार्ज निरज
केसीले कोहलपुरमा विद्यार्थीमाथि प्रहरीबाट भएको दमनको विरोध गदैं दमन गर्ने प्रहरीलाई कारवाही गर्न आग्रह गरे ।
उनले प्रहरीले विद्यार्थीमाथि दमन होइन भारतले मिचेका सीमा जोगाउंन लाग्नुपर्नेमा जोड दिए ।
केसीले सरकार फांसीवादी बन्दैं गएको आरोप लगाउंदैं गृहमन्त्री रामबहादुर थापाको राजिनामा माग गरेका थिए । त्यस्तै अखिल क्रान्तिकारीका केन्द्रीय सचिव महेश श्रेष्ठले सरकार असफल बन्दैं गएपछि दमनमा उत्रिएको दावी गदैं
विद्यार्थीमाथि भएको आक्रमण तत्काल रोक्न माग गरे ।
उनले नीजि तथा सामुदायिक विद्यालयबीचमा भएको विभेद अन्त्य हुनुपर्नेमा जोड दिए ,।
कार्यक्रममा अखिल क्रान्तिकारी,रुपन्देहीका अध्यक्ष सग्राम पुन,सचिव ध्रुव तरामु थापा लगायतले बोल्दैं विद्यार्थीमाथिको दमन नरोकिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए । कार्यक्रम पूर्व सिद्धार्थ गौतम बुद्ध क्याम्पसबाट शुरु भएको विद्यार्थीको ¥याली पुलचोक, गोलपार्क, क्याम्पस रोड, विटिआई, दरबारमार्ग, मिडिया चोक भएर
बुटवलको पुष्पलालपार्कमा आइपुगेरर विरोध सभामा परिणत भएको थियो ।