कावासोतीमा मानव अधिकारको अवस्था बिषयक अन्तरक्रिया

कावासोती । आर्थिक सामाजिक तथा सास्कृतिक अधिकारका सवालमा मानव अधिकारको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रन कावासोतीमा भएको छ ।
अनौपचारिक सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश¬को आयोजनमा कार्यक्रम भएको हो ।
कावासोती नगरपालिकाका माध्यमिक तहका विद्यालयका प्रधानाध्यापक र विभिन्न संघ सस्थाको सहभागिता रहेको कार्यक्रममा अधिबत्ता भुपेन्द्र खनालले सहजीकरण गरेका थिए ।
स्वास्थ्य, शिक्षा र खाद्यान्न जस्ता अधिकारका विषयमा सरकारको जबाफदेहिता हुनु पर्नेमा कार्यक्रममा सहभागीहरुले जोड दिएका थिए ।
कावासोती नगरपालिकाका उपप्रमखु प्रेम शंकर मर्दनियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मानव अधिकारको संरक्षण र सम्बद्र्धनको लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता कसरी गर्न सकिन्छ भन्ने भन्ने बिषयमा समेत सहभागीहरुले छलफल गरेका थिए । कावासोती नगरस्तरीय इन्सेक प्रतिनिधि मानव अधिकार समूह कावासोतीको संयोजक द्रोपदी गुरौको अध्यक्षतामा भएको कार्यक्रममा कावासोती नगरपालिका २ वडा अध्यक्ष लक्ष्मी पौडेल लगायतले बोलेका थिए ।