कावासोती नगरपालिकामा पशु मृत्यु सिफारिसको पनि कर!, सामाजिक सञ्जालमा व्यापक आलोचना




कावासोती । स्थानीय तहले लगाउँदै आएको विभिन्न करको व्यापक आलोचना भईरहेको बेला पूर्वी नवलपरासीको सदरमुकाममा रहेको कावासोती नगरपालिकाले पशु मृत्यु सिफारिसको पनि कर लिने गरेको खुलेको छ ।
कावासोती नगरपालिकाले पशु मृत्यु सिफारिस गरेबापत कर लिने गरेको पाइएको हो त्यो पनि अत्यधिक महंगो अर्थाक पशु मृत्यु भएर आर्थिक पीडामा परेका किसानलाई थप पिडामा पार्ने गरी एक हजार दुई सय रुपैयाँ कर लिएको पाइएको छ ।
नगरपालिकाले यसरी कर लिएको पाएपछि त्यसको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ ।
पशु बिमा रकम दाबीका लागि सिफारिस लिन पुग्ने किसानसँग नगरपालिकाले सो दस्तुर लिएको कावासोती १४ मा अनु एग्रो फारम सञ्चालन गर्ने आएका संगिता तिमिल्सिनाले बताए ।
किसानहरुलाई प्रोत्साहन गर्नुको सट्टा सिफारिसका नाउँमा चर्को रकम लिएको भन्दै नगरपालिकाको आलोचना भएको हो ।
कावासोती नगरपालिका–१४ की किसान संगिता तिमिल्सिनाले वडा कार्यालयमा गोठमा मरेको भैंसीको सिफारिस लिन पुग्दा दस्तुरबापत उक्त रकम दिएको बताइन् । तिमिल्सिनाले बुटवलस्थित एक इन्स्योरेन्स कम्पनीमा ९० हजार मूल्य राखेर भैंसीको बीमा गरेकी थिइन्। ‘घरमा पालेको भैंसी अकस्मात म¥यो । त्यस बापतको बिमा रकम लिन सिफारिस आवश्यक परेर नगरपालिका जाँदा १ हजार दुई सय तिर्नु र्पयो, तिमिल्सिनाले भनिन् ।
किसानहरुलाई प्रोत्साहन गर्नुको सट्टा सिफारिसका नाउँमा मार पर्ने गरी रकम लिन नहुने उनले बताइन् ।
वडाअध्यक्ष जीतबहादुर महतोले नगरपालिकाको निर्णयअनुसार उक्त रकम लिइएको बताए । मुचुल्काबापत १ हजार र सिफारिसबापत २ सय गरी १ हजार दुई सय लिइएको वडाअध्यक्ष जितबहादुर महतोले बताए ।
नगरपालिकाको सभाले पास गरी निकालेको निलो किताबमा मुचुल्काबापत १ हजार र सिफारिसबापत २ सय तोकिएको छ तर कस्ता प्रकृतिका घटनामा यसरी कर लिने भन्ने उल्लेख छैन । प्रकृति उल्लेख गर्नुपर्ने हो । त्यसो नहुँदा किसानहरु मर्कामा परेको गुनासो आएको छ । किसानहरुका बारेमा छलफल गर्छौ । – उपप्रमुख प्रेमशंकर मर्दनीयाले भने ।

 

https://www.facebook.com/bharatpkhrl/posts/2715538235169063?comment_id=2715562618499958&notif_id=1576046031352282&notif_t=mentions_comment&ref=notif

 




https://www.facebook.com/pangeninarayan/posts/10220704552834019

 



सम्बन्धित
Loading...