रजहरको अमर इंलिस स्कूलको रजत जयन्ती
- ज्योति भट्टराई

नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १६ रहजरमा रहेको अमर इंलिस बोडिङ्ग स्कूलले रजत महोत्सव मनाउने भएको छ ।
विद्यालय स्थापनाको २५ बर्ष पुगेको अवसरमा रजत महोत्सव गर्न लागिएको शुक्रबार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
विद्यालय प्रिन्सिपल पदम बरालका अनुसार मंसिर ३० गतेदेखि पौष ४ गतेसम्म रजत महोत्सव मनाइने भएको हो ।
त्यस्तै पौष १ गते विद्यालयले विद्यालय प्राङ्गणमै रक्तदान कार्यक्रम आयोजना गरेको जनाइएको छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार मंसिर ३० गते शोभा यात्रा र रजत महोत्सवको उद्घाटन हुने छ ।
त्यसैगरी पौष १ गते रक्तदान र अन्तरविद्यालय नृत्य प्रतियोगिता, पौष २ गते जेष्ठ नागरिक सम्मान तथा खुल्ला भजन प्रतियोगिता, पौष ३ गते भूपू शिषक, विद्यार्थी र अभिभावक पुनर्मिलन कार्यक्रम र पौष ४ गते गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी विद्यालयका प्रिन्सिपल पदम बरालले आफ्ना माता लीलावती बराल र पिता तथा विद्यालयका संस्थापक प्रिन्सिपल चुडामणि बरालको स्मृतिमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरी देवचुली मावि रजहरलाई हस्तान्तरण गर्ने घोषणा समेत गरेका थिए ।