सुमन नेपालीको नेतृत्वमा समाजवादी विद्यार्थी युनियन कावासोती नगर कमिटि

कावासोती । समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन कावासोतीको कावासोतीमा भएको भेला सुमन नेपालीको अध्यक्षतामा १७ सदस्यीय नगर कमिटि गठन गरेको छ । १३ जना पूर्ण सदस्य र ४ जना आमन्त्रित सदस्य रहने गरी १७ सदस्यीय नगर कमिटि गठन भएको समाजवादी पार्टीका गण्डकी प्रदेश सदस्य मंगल लामाले बताए ।
भेलामा समाजवादी पार्टीका केन्द्रिय सदस्य रुद्रबहादुर गुरुङ, प्रदेश सदस्य मंगल लामा, टेकबहादुर पुन लगायतले शुभकामना राखेका थिए ।
