कावासाेतीमा लागुऔषध सहित पक्राउ




कावासाेती। नवलपुर प्रहरीले नवलपरासीकाे चाेरमारा डण्डाबीच जंगलमा पर्ने ४० किलाे जंगलबाट लागुऔषध सहित १ जनालाई नियन्त्रणमा लिएकाे छ ।
लु २ ख १५७९ नम्बरकाे बसमा सवार चितवन जिल्लाकाे भरतपुर महानगरपालिका ५ कल्याणपुर बस्ने २४ बर्षीय विवेक लामालाई लागुऔषध सहित पक्राउ गरेकाे हाे ।
उनकाे साथबाट प्रहरीले नुफिन १२५ एम्पुल, डाईजेपाम १२५ एम्पुल, फेनारगन १२५ एम्पुल बरामद गरेकाे छ ।
पक्राउ परेका लामालाई आवश्यक कारवाहीका लागि अनुसन्धान थालिएकाे नवलपुुर प्रहरीले जनमएकाे छ ।




सम्बन्धित
Loading...