धनुषा विष्फोटमा विप्लव नेकपाको संलग्‍नताको आशंका, पाँचजना पक्राउ




धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमका राजेश साहको घरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बम राखेको हुनसक्ने प्रारम्भीक अनुसन्धानले देखिएको प्रहरीले बताएको छ । शुक्रबार राति साहको घरमा राखिएको बम बिष्फोट हुँदा उनीसँगै १५ बषर्ीय छोरा आनन्द र प्रहरी निरीक्षक अमिर दाहालको ज्यान गएको थियो ।
चन्दा माग्दा नदिएकाले घरमा बम राखेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको धनुषाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर कार्कीले जानकारी दिए। डिएसपी कार्कीले उनीहरूले कुकर बम विष्फोट गराएको अनुसन्धानमा देखिएको जानकारी दिए। ‘व्यक्तिगत कारणले बम राखेको हुनसक्छ। विप्लव समूहले दशैंका बेला चन्दाका लागि भनेर पत्र पनि पठाएको रहेछ। पैसा नदिएपछि यो घटना घटाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ’, प्रहरी नायब उपरीक्षक कार्कीले भने।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा गए राति भएको घटनामा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु भएको थियो।स्थानीय राजेश साहको घरको गेटमा राखिएको बम विस्फोट हुँदा राजेश र उनका २४ वर्षीय छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको थियो भने सोही विस्फोटमा परी घाइते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको उपचारका क्रममा ज्यान गएको छ।




विष्फोटमा परी राजेशका कान्छा छोरा प्रकाश, छोरी निक्कीकुमारी र बुबा भिखारी साह तथा प्रहरी जवान रिजनाथकुमार महतो घाइते भएका छन्। डिएसपी कार्कीले घरको भित्री गेटमा बम राखेको र प्रहरीले बम डिस्पोजल टोलीलाई बोलाएर ठाउँ सुरक्षित राख्दा राख्दै विष्फोट भएको जानकारी दिए। स्थानीयको भनाइ उद्धृत गर्दै प्रहरीले झोला चलाएकाले विष्फोट भएको भनेर विभिन्न सञ्चारमाध्याममा आएका समाचारको भने उनले खण्डन गर्दै प्रहरीले बम छोएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताए।



सम्बन्धित
Loading...