देवचुलीको परिवर्तनशिल सहकारीको साधारण सभा

देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ३ केउरानीमा रहेको परिवर्तनशिल बहुद्देश्यीय सहकारी संस्थाको शनिबार ११ औँ साधारण सभा भएको छ ।
कार्यक्रममा देवचुली नगरपालिका ३ का वडा अध्यक्ष गोपालराज शर्मा, सहकारीका सल्लाहाकार कृष्ण गौतम, संजिवनी सहकारीका अध्यक्ष डिल्लिराम पौडेल लगायतले सहकारीले गरेको कार्यको बारेमा चर्चा गरेका थिए ।
सहकारीका अध्यक्ष काशीप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा लेखा संयोजक युवराज वाग्लेले १ करोड ६३ लाख २७ हजार बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहकारीको पसलबाट सबैभन्दा बढी सामग्री खरिद गर्ने, सहकारीको असल बचतकर्ता, असल विद्यार्थी बचत कर्ता, बृद्ध बचत कर्ता लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन सहकारीका सचिव राजन पौडेलले गरेका थिए । सहकारीले दुई स्थानमा सुपथ पसल सञ्चालन गरेको छ भने किसानहरुलाई मलविउमा अनुदान दिने र सहुलियत दरमा कर्जा प्रवाह गर्ने गरेको छ ।